बागमती प्रदेशमा ३० वटा विद्युतीय बस संचालन गर्ने तयारी
असार २७, हेटौंडा । आज बागमती प्रदेश सभाको बैठकमा बोल्दै मुख्यमन्त्री डोरमणी पौडेलले बागमती प्रदेशमा ३० वटा विद्युतीय बस खरिद गरेर संचालन गर्ने तयारी रहेको बताका छन् । मुख्यमन्त्री पौडेलले प्रदेश सरकारले विद्युतीय बस खरिद गर्नुभन्दा ३ महिनाअघि मात्रै चार्जिङ स्टेशन बनाउने र बसको रुटसमेत तय गर्ने जानकारी दिएका छन् ।
उनले भनेः हामीले खरिद गर्न लागेको ३० मध्ये २० वटा बस काठमाडौंमा चलाउनेछौं । बाँकी १० वटा बसहरु मात्रै हामीले उपत्यकाबाहिर चलाउँछौं । त्यसको लागि चार्जिङ स्टेशन बनाउन ठाउँ पहिचान भइसकेको छ ।
‘विद्युतीय बस खरिद गर्नको लागि हामीले टेन्डर गरिसकेका छौं । कुन कम्पनीको बसको लागि टेन्डर पर्छ अहिले थाहा भइसकेको छैन ,मुख्यमन्त्री पौडेलले भने कुन कम्पनीको विद्युतीय बस आउने र त्यसको चार्जर कस्तो हुने भन्ने थाहा भएपछि हामी बस आइपुग्नुभन्दा ३ महिनाअघि नै चार्जिङ स्टेशन बनाउँछौं ।’
मुख्यमन्त्री पौडेलले भतपुर बसपार्क, हेटौंडा बसपार्क, काठमाडौं बसपार्क र धुलिखेलमा बसपार्कमा चार्जिङ स्टेशन राख्ने तयारी गरिएको बताए । उनले भनेः चार्जिङ स्टेशन पनि दुइखालका हुन्छन् । एउटा ढिलो चार्ज हुने र एउटा छिटो जार्च हुनेवाला, ढिलो चार्ज हुनेवाला काठमाडौंमा राख्छौं, जो रातभर बस चार्ज गर्न पाइयोस् । छिटो चार्ज हुनेवाला चार्जिङ स्टेशन अन्य ठाउँमा राख्छौं ।’
विद्यतुीय बस संचालनसँगै हेटौंडा-काठमाडौंको बीचमा २ ठाउँमा ठूलो स्टेशन बनाउने र रिफ्रेस सेन्टर संचालन गरिने पौडेलले बताए । रिफ्रेस सेन्टरको लागि सरकारले जग्गा मात्रै उपलब्ध गराउने र उक्त ठाउँमा निजी क्षेत्रले लगानी गर्ने मुख्यमन्त्री पौडेलको भनाई छ ।
























