बालुवाटारमा स्थायी कमिटी बैठक बस्दै

असार २७,  काठमाडौं । आज दिउँसो ४ बजे बस्ने गरी अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनका अनुसार, स्थायी कमिटी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

एमाले एकताका लागि सहमति गर्न कार्यदल छलफल चलिरहेको छ। आज बिहान पनि कार्यदलको बैठक बसेको थियो। शनिबार बैठकपछि कार्यदलका सदस्यहरूले आज सहमति हुने बताएका थिए। तर, सर्वोच्च अदालतमा बुझाएका हस्ताक्षरको विषयमा सहमति बन्न सकेको छैन।

ओली पक्षले हस्ताक्षर फिर्ता लिनुपर्ने अडान लिएको छ। वरिष्ठ नेता मावधकुमार नेपालले अदालतलाई प्रभाव पार्ने गरी हस्ताक्षर फिर्ता नलिने बताएका छन्। जसले गर्दा कार्यदलमा सहमति जुट्न सकेको छैन।

कार्यदलमा सहमति जुटेपछि स्थायी कमिटी बैठक बोलाउने ओलीको तयारी थियो। तर, ओलीले सहमति जुट्नुअघि नै स्थायी कमिटीको बैठक बोलाएका हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*