हाल सम्म बागमती प्रदेशमा ३ हजार ९१३ जना संक्रमितको मृत्यु
असार २८, हेटौंडा । बागमती प्रदेशमा कोरोनाका कारण हाल सम्म ३ हजार ९१३ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमका कारण प्रदेशका बिभीन्न अस्पतालमा उपचारको क्रममा र घरमै रहेका संक्रमित समेत गरी झण्डै चार हजार जनाको मृत्यु भएको हो ।
कोरोनाको पहिलो लहर र दोस्रो लहरका क्रममा प्रदेशका १३ वटै जिल्लामा कोरोना संक्रमितको उपचार गर्नका लागि तीनै तहका सरकारले सुबिधा थप गरेपनि मृत्यु भने भइरहको प्रदेशको सामाजिक बिकास मन्त्रालयका प्रवक्ता डाक्टर पुरुषोत्तम सेढाईले वताउनुभयो ।
बागमती प्रदेशमा आज सम्ममा जम्मा ३ लाख ५१ हजार ९ सय ८३ जना संक्रमित हुनु भएका छन् । त्यस मध्यमा ३ लाख ३९ हजार ७ सय ७२ जना निको हुनु भएको छ । कुल संक्रमणको करिब ९७ प्रतिशत संक्रमित निको भएको सेढाइले जानकारी दिनुभयो ।
























