आज स्थायी कमिटी बैठक बस्दै

काठमाडौं, असार २८ – नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्थायी कमिटी बैठक बोलाएका छन्।

आज बेलुकी ५ बजे स्थायी कमिटी बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले बताए। उनका अनुसार प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बस्ने भएको हो।

ओलीले आइतबार पनि स्थायी कमिटी बैठक बोलाएका थिए। तर, कार्यदलमा सहमति हुन ढिलाइ भएपछि स्थगित गरिएको थियो।

गएराति एमाले कार्यदलमा १० बुँदे सहमित भएको छ। कार्यदलले गरेको सहमित स्थायी कमिटीबाट अनुमोदन गर्न बैठक बोलाइएको जनाइएको छ।

तर, त्यसको ब्याख्यालाई लिएर वरिष्ठ नेता माधवकुमार नेपालले विरोध गरेका छन्। सर्वोच्च अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पार्ने गरी कुनै सहमित नहुने उनले बताएका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*