सर्वोच्चले गर्‍यो फेरि प्रतिनिधि सभा पुनःस्थापना

काठमाडौं,असार २८-  सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनःस्थापना गरेको छ।

सोमबार सर्वोच्चको संवैधानिक इजलासले निवेदकको माग बमोजिम आदेश दिएको हो। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर भएको जानकारी दिएका छन्।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित १४६ जना सांसदले प्रतिनिधि सभा विघटन गर्ने निर्णय सर्वोच्चमा निवेदन दिएका थिए। उनीहरुले प्रतिनिधि सभा विघटन गर्ने निर्णय खारेज गरी देउवालाई प्रधानमन्त्री नियुक्त गर्न आदेश माग गरेका थिए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*