‘सर्वोच्च अदालतमा गोरु ब्यायो’- कमल थापा
हेटौंडा, असार २८ – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सर्वोच्च अदालतमा गोरु ब्याएको टिप्पणी गरेका छन् । प्रतिनिधि सभा विघटन गर्ने सर्वोच्चको फैसलापछि सामाजिक सञ्जालमा ट्विटरमा थापाले यस्तो प्रतिक्रिया जनाएका छन् ।
उनले लेखेका छन्, ‘वरिष्ठ राजनीतिज्ञ स्व। राजेश्वर देवकोटाको शब्द सापटी लिएँ – सर्वोच्चमा अदालतमा आज गोरु ब्यायो । राजनीतिक फैसला, कार्यान्वयनमा जटिलता, देश अस्थिरतामा फस्ने खतरा ।’
सर्वोच्च अदालतले सोमवार प्रतिनिधि सभा विघटन मुद्दा बदर गर्दै सर्वोच्चले देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेको हो ।
























