संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात-शंकर पोखरेल
असार २८, काठमाडौं। एमाले स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर र काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेपछि संसदीय व्यवस्थामा गम्भीर आघात भएको प्रतिक्रिया दिएका छन्।
उनले सामाजिक संजाल फेसबुका स्टाटस लेख्दै सर्वोच्चको फैसलाप्रति प्रतिक्रिया दिएका हुन्। सर्वोच्चको संवैधनिक इजलासले सोमबार यस्तो फैसला गरेको हो।
पोखरेलले लेखेका छन्, ‘संसदीय व्यवस्था र दलीय प्रणालीमाथि गम्भीर आघात। सुदुर भविष्यसम्म नेपाल राष्ट्र र नेपाली जनले अस्थिरताको दुश्चक्र वेहोर्नु पर्नेभो।’
























