मकवानपुरमा थप ७४ जनामा कोरोना पुष्टि, ६० जनाले जिते

असार २८, हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा थप ७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १ सय २६ जनामा गरिएको पिसिआर परीक्षणमा ४१ जना र १ सय ८५ जनामा गरिएको एन्टीजेन परीक्षणमा थप ३३ जना गरी थप ७४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा थप ६० जनाले कोरोना जितेका छन् । जिल्लामा हाल ६ सय ३७ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ७५ जना घरमा र ६२ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*