सर्वोच्चको फैसलाविरुद्ध हेटौंडामा विरोध प्रदर्शन

असार २८, हेटौंडा । सर्वोच्च अदालतको फैसला विरुद्ध हेटौंडाको बुद्धचोकमा विरोध प्रदर्शन भएको छ । नेकपा एमाले,मकवानपुरको भातृ संगठनहरुले हेटौंडाको बुद्धचोकमा प्रदर्शन गरेको हुन् ।

आज सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई नियुक्त गर्न परामदेश दिएपछि एमाले निकट युवाहरुले विरोध प्रदर्शन गरेका हुन् ।

एमाले निकट अनेरास्ववियु मकवानपुर ,युवा संघ मकवानपुर ,अनेमसंघ मकवानपुर र खेलखुद महासंघ मकवानपुर लगाएत भातृ संगठनहरु विरोध प्रदर्शन गरेका हुन् ।

उनिहरुले बहुदलीय व्यवस्था जोगाउन सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन गर्नु परेको बताएका छन् । उनिहरुले निर्दलीय व्यवस्था चाहिँदैन लोकतन्त्र मास्न पाइदैन,संवैधानिक सर्वोच्चता कायम गर, प्रतिगामी फैसला मुर्दावाद लगाएतका नाराहरु लगाएका थिए ।

उनिहरुले सर्वोच्च अदालतले प्रतिनिधिसभाको पुनःस्थापना र प्रधानमन्त्रीमा देउवालाई नियुक्त गर्न परामदेश जारी गरेको फैसलालाई समेत जलाएका छन् ।

काठमाण्डौ उपत्यका,बाममती प्रदेशको राजधानी हेटौंडा सहित देशभर सर्वोच्च अदालतको फैसला विरुद्ध प्रदर्शन भईरहेको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*