हेटौंडामा एक पुरुषको शव फेला
असार, २९, हेटौंडा । मकवानपुरको हेटौंडा उपमहानगरपािलका वडा नंबर २ संगमचोकमा एक शव फेला परेको छ ।
पहिचान नखुलेको अन्दाजी ५०र५२ वर्षको पुरुष रहेका छन् । संगमचोक स्थित एक घरको पिडिमा बस्दै आएका पुरुष आज बिहान मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।
बिहान नउठेपछि बोलाउन खोज्दा स्थानीयले प्रहरीलाई खबर गरेका थिए । घटनाको आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय मकवनपुरले जनाएको छ ।
























