बकैयाको पुलमा झुन्डिएको अवस्थामा एक पुरुषको शव फेला
असार २९, हेटौंडा – खोलामा रहेको पुलमा झुन्डिएको अवस्थामा एकजना मृत फेला परेका छन् ।
मदनभण्डारी लोकमार्ग अन्तर्गत बकैया खोलाको हात्तिसुडे र भुवनचुली डाँडा जानेबाटोमा रहेको पक्कीपुलमा सलको पासो लगाई एकजनाले आत्महत्या गरेका छन् ।
मृत फेला पर्नेमा दाङको ववई गाउँपालिका घर भई हाल बकैया ४ तामाखोला बस्ने अन्दाजी ३५ वर्षको भिम बहादुर खत्री रहेको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
उनी बकैयामा रहेर क्रसर र घर बनाउने ठाउमा मजदुर रहेको र उनमा पहिलाबाटै मानसिक समस्या रहेको प्रहरीले जानकारी दिएको छ । घटना स्थलमा प्रहरीले मुचुल्का उठाउने कार्य भइरहेको र शवको पोष्टमार्टमको लागि हेटौंडा लैजाने कार्य भइरहेको जानकारी दिएको छ ।
घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।
























