बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा आजबाट भेरोसेल खोप लगाउन सुरु

२९ असार, काठमाडौं । बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा कोरोना भाइरसविरुद्ध भेरोसेल खोपको पहिलो मात्रा लगाउन आजबाट सुरु गरिंदै छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका ५५ वर्ष माथिका व्यक्तिहरुलाई खोप लगाउने निर्णय गरेको छ । सो निर्णयअनुसार गण्डकी प्रदेशमा १ लाख ४२ हजार ६ सय ५० डोज र लुम्बिनी प्रदेशमा १ लाख १४ हजार डोज खोप पठाइएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयहरुले जिल्ला–जिल्लामा खोप पठाइसकेका छन् ।

स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो चरणमा विश्वविद्यालयका प्राध्यापक, विद्यालयका शिक्षक तथा कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक तथा सहचालकलाई पनि यसै पटक भेरोसेल खोप लगाइने जानकारी दिए ।

अत्यावश्यक सेवामा सं्रलग्न खोप लगाउन छुटेका व्यक्ति, खोप अनिवार्य गरेका देशमा जाने नेपाली नागरिकलाई पनि खोप दिने निर्णय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*