प्रधानमन्त्रीले आज दिउँसो देशवासीको नाममा सम्बोधन गर्दै
काठमाडौं, असार २९- प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।
प्रधानमन्त्री ओलीले आज दिउँसो २ बजे देशवासीको नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिए।
सर्वोच्च अदालतले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश दिएको भोलिपल्ट प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन्। सर्वोच्चले आज साँझ ५ बजेसम्म देउवालाई प्रधानमन्त्री बनाउन भनेको छ।
संविधानको धारा ७६ ९३० अनुसार, प्रतिनिधि सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका रूपमा ओली गत ३१ वैशाखमा प्रधानमन्त्री नियुक्त भएका थिए।
























