महान्यायाधिवक्ता बडालले ओलीलाई बुझाए राजीनामा पत्र

असार २९, काठमाडौं– महान्यायाधिवक्ता रमेश बडालले पदबाट राजीनामा दिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर उनले राजीनामा पत्र बुझाएका हुन्।

‘उहाँ (ओली) आजदेखि प्रधानमन्त्री रहनुभएन त्यसैले मैले राजीनामा दिएको हुँ,’उनले नेपाल समयसँग भने । तत्कालीन महान्यायाधिवक्ता अग्नि खरेलले २०७७ चैत ६ गते राजीनामा दिएपछि बडाल नियुक्त भएका थिए।

बडालले पछिल्लो समय भएको प्रतिनिधिसभा विघटन र देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त नगरेको विषयको पनि बचाउ गरेका थिए ।

यस पटकको बहसका क्रममा महान्यायाधीवक्ता बडालले संवैधानिक इजलासमा दीपककुमार कार्की र आनन्दमोहन भट्टराईलाई राखिएको विषयमा पनि प्रश्न उठाएका थिए।

उनले यसपटक प्रतिनिधिसभा विघटनविरुद्ध गरेको बहसका क्रममा बोलेका विषय र शब्दहरु विवादित बनेका थिए।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*