प्रधानमन्त्री ओलीको सम्बोधन सुरु

असार २९, काठमाडौं – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गरिरहेका छन्।

सोमबार सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएसँगै मंगलबार राष्ट्रपति विद्यादेवी भण्डीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरिसकेकी छिन्।

देउवालाई प्रधानमन्त्री नियुक्त गरेपछि ओली पदमुक्त भएका छन्। पदमुक्त भएपछि सिंहदरबारबाट उनले सम्बोधन गरिरहेका हुन्।

ओलीले आजै प्रधानमन्त्री निवास बालुवाटार छाड्ने तयारी गरेको बालुवाटार निकट स्रोतले जनाएको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*