जसपाको कार्यकारिणी समितिको बैठक जारी

काठमाडौं, २९ असार । जनता समाजवादी पार्टी, नेपाल को कार्यकारिणी समितिको बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक भर्खरै सुरु भएको हो ।

अध्यक्ष उपेन्द्र यादवका प्रेस सल्लाहकार महेश चौरसियाका अनुसार बैठकमा अध्यक्ष यादव र संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराई पक्षधर काठमाण्डौमा उपलब्ध कार्यकारिणी समिति सदस्यहरु सहभागी छन् ।

आजको बैठकमा देउवा नेतृत्वको सरकारमा सहभागी हुने वा नहुने मुख्य एजेन्डा रहेको पनि चौरसियाको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*