नैतिकताका आधारमा राष्ट्रपतिले राजीनामा दिनुपर्छ – कानूनविद
असार २९, काठमाडौँ — सर्वोच्च अदालतले सोमबार प्रतिनिधि सभा पुनः स्थापनाको फैसला गरेसँगै सर्वोच्चको परमादेशबाट संविधानको धारा ७६ को उपधारा ५ बमोजिम नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा नेतृत्वको ५ सदस्यीय संवैधानिक इजलासले गरेको यो फैसलासँगै अब राष्ट्रपति विद्यादेवी भण्डारीमाथि पनि नैतिक प्रश्न उब्जेको छ ।
प्रधानमन्त्रीको असंवैधानिक कदम विरुद्ध पटक–पटक सर्वोच्चमा रिट निवेदन लिएर जाने दुई वरिष्ठ अधिवक्ताहरू डा. चन्द्रकान्त ज्ञवाली र दिनेश त्रिपाठीले यो फैसलाले संसदीय सर्वोच्चता, लोकतन्त्रलाई संस्थागत गर्न ठुलो योगदान पुगेको बताएका छन् ।
उनीहरूले राष्ट्रपतिमाथि नैतिक प्रश्न उठेको बताएका छन् ।
प्र
























