निवर्तमान प्रधानमन्त्री ओली नआउँदा शपथमा ढिलाइ

असार २९, हेटौंडा – निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली शीतल निवास पुग्न ढिला गरेपछि शपथग्रहण कार्यक्रम शुरु हुन सकेको छैन ।

ओली आउन ढिलाइ भएपछि शपथ निर्धारित समयभन्दा ढिला हुन लागेको हो । यसअघि, ६ बजे सुरु हुने भनिएको शपथ राष्ट्रपतिले जारी गरेको विज्ञप्तिमा विवाद भएपछि पछि धकेलिएको थियो ।

यतिबेला नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा शीतलनिवास पुगिसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*