माधव नेपाल र वामदेवबीच कोटेश्वरमा भेटवार्ता

काठमाडौं, असार ३० – नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतम वरिष्ठ नेता माधवकुमार नेपालसँग भेट गर्न कोटेश्वर पुगेका छन् ।

बुधबार बिहान करिब ९ बजे उपाध्यक्ष गौतम नेता नेपालसँग भेट गर्न उनकै निवास कोटेश्वर पुगेका हुन् । उनीहरुबीच पार्टी एकतालगायतका विषयमा छलफल भइरहेको एक केन्द्रीय कमिटी सदस्यले जानकारी दिए ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंगलबार स्थगित भएको बैठक आजका लागि बोलाइएको छ । स्थायी कमिटी बैठकको पूर्वसन्ध्यामा दुवै नेताबीच भेटवार्ता भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*