सरकारको प्रवक्तामा ज्ञानेन्द्र बहादुर कार्की

असार ३०, काठमाडौँ –  मन्त्रिपरिषद्को मंगलबार बेलुकाको बैठकले सरकारका प्रवक्ताको जिम्मेवारी कानुन, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिएको छ ।

माओवादीका दुई र कांग्रेसका दुईजना मन्त्री लिएर पहिलो चरणमा मन्त्रिपरिषद् गठन गरेका देउवाले अर्थ मन्त्रीमा जनार्दन शर्मा, उर्जामा पम्फा भुषाल, गृहमा बालकृष्ण खाँड तथा कानुन मन्त्रीमा कार्कीलाई नियुक्त गरेका छन् ।

नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका कार्की नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवा निकट मानिन्छन् । उनी यसअघि जलस्रोत मन्त्री र अर्थमन्त्रीको जिम्मेवारी वहन गरिसकेका छन् । कार्की राष्ट्रपति विद्यादेवी भण्डारीका नातेदार पनि हुन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*