सुनको मूल्य बढ्यो ,तोलामा कतिमा ?
असार ३०, काठमाडौँ– नेपाली बजारमा आज सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेको छ ।
हिजो मंगलबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसाय महासंघले जनाएको छ ।
तेजावी सुनको मूल्य आज ९२ हजार २०० रुपैयाँ रहेको छ । चाँदीको मूल्य भने आज घटेको छ । सोमबार प्रतितोला १ हजार ३२० रुपैयाँमा कारोबार भएको चाँदी आज ५ रूपैयाँले घटेर १ हजार ३१५ रूपैयाँ कायम भएको महासंघले जनाएको छ ।
























