मकवानपुरमा फेरि निषेधज्ञा थप्ने तयारी

असार ३०, हेटौँडा । कोरोना महामारीको रोकथाम तथा न्यूनिकरणको लागि भन्दै हेटौाडामा गत बैशाख २१ गतेबाट जारी निषेधज्ञा श्राबणबाट पनि थप हुने संभावना बढेको छ ।

अन्तिम पटक असार ३१ राती १२ बजेसम्म जारी गरिएको निषेधा श्राबण १ गतेबाट पुनः थप हुने संभावना रहेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले बताए ।

प्रजिअ पाण्डेले मकवानपुरमा कोरोना संक्रमणको दर अझै कमि नभएको कारण केहि समय अझैपनि निषेधज्ञा लागु गर्ने विषयमा छलफल भएको बताए । उनले भने ‘मकवानपुरमा कोरोना संक्रमणको दरमा कमि नभएको कारण हामीले अझै केहि समय निषेधज्ञा थप गर्ने सोचमा छौँ ।’

निषेधज्ञाको नयाँ मोडालिटिबारे छलफल जारी रहेको उनको भनाई रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*