भारतीय राजदूत क्वात्राले भेटेरै प्रधानमन्त्री दिए बधाई

काठमाडौं, ३० असार । प्रधानमन्त्री शेरबहादुर देउवालाई नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले भेटेर बधाई तथा सफलताको शुभकामना दिएका छन् ।

भारतीय दूतावासले जनाएअनुसार राजदूत क्वात्राले आज प्रधानमन्त्री देउवालाई उनको निजी निवास बुढानिलकण्ठ पुगेर भेटेका हुन् ।

राजदूत क्वात्राले नेपाल–भारत द्धिपक्षीय सम्बन्धलाई अझै उचाइमा पुर्याउने र नेपाल र भारतका जनताबीचको सम्बन्धलाई पनि अझै प्रगाढ बनाउने विश्वस लिएको उल्लेख गरेका छन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*