निजी निवास पुगे ओली

३० असार, काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालुवाटारस्थित निवास छाडेर बुधबार बालकोटस्थित निजी निवास गएका छन् ।

ओली बालुवाटारबाट निस्केदेखि बालकोट पुग्दासम्म उनका समर्थकले गाडी र मोटरसाइकल र्‍याली निकालेका थिए ।

काठमाडौंमा ठूलो पानी परेका बेला समर्थकहरु मोटरसाइकल चढेर रुझ्दै बालकोट पुगेका थिए । बालकोट निवासमा उनलाई टीका लगाएर स्वागत गरिएको थियो ।

घर पुगेपछि उनले पहिलो तलाबाट समर्थकलाई हात उठाएर अभिवादन गरेका थिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*