हेटौंडाबाट २ सय ९ किलो गाँजासहित ३ जना पक्राउ

हेटौंडा, असार ३०-  हेटौंडाको २ स्थानबाट २ सय ९ किलो लागुऔषध गाँजासहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

हेटौंडा उपमहानगरपालिका–१५ रातमाटे र हेटौंडा–१९ नेवारपानीबाट बुधबार विहान २ वटा ट्रकमा लुकाई छिपाइ ल्याएको २ सय ९ किलो लागु औषध गाँजासहित ३ जना व्यक्तिलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा बुधबार विहान १० स् ४५ बजेको समयमा हेटौंडा–१५ रातमाटेबाट बि.आर ०१ जी.जी ९४९५ नम्बरको भारतीय ट्रकबाट १ सय ६९ किलो लागूऔषध गाँजा बरामद भएको हो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*