काम गर्न सरल छु, व्यक्तिगत स्वार्थ छैन -ऊर्जामन्त्री भुसाल

३० असार, काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताइन् ।

‘काम गर्न सरल छु, मिलेर जनताको काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरी काम गर्ने मात्र हो,’ उनले भनिन् ।

जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने बताइन् । बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र सबै कृषियोग्य जमिनमा बाह्रै महिना सिंचाइ सुविधा पुर्याउने गरी काम गर्नुपर्नेमा उनले जोड दिइन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*