बकैयाँको आउँदो आर्थिक वर्षको बजेट पारित

असार ३१, हेटौंडा । मकवानपुरको पूवी बकैयाँ गाउँपालिकाले आउँदो आर्थिक वर्षका लागि असार १० गते ल्याइएको बजेट पारित गरिएको छ । आउँदो आर्थिक वर्षको लागि ल्याइएको ७५ करोड ३३ लाख बजेट पारित गरिएको हो ।

चालु आर्थिक वर्षको बजेट पनि धेरै खर्च गरिएको र आउँदो आर्थिक वर्षको बजेट गाउँपालिकाका नागरिकको हितका लागि ल्याइएको अध्यक्ष दामोदर खनालले वताउनुभयो । आउँदो आर्थिक वर्षका लागि ल्याइएको बजेट भौतिक पूर्वाधधार बिकासमा केन्द्रीत रहेको अध्यक्ष खनालले वताउनुभयो ।

गाउँपालिकाको बजेटमा सबै भन्दा धेरै सडक निर्माण, पुल निर्माण, खानेपानी, कृषि, शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट छुट्याएको उहाँले वताउनुभयो । पालिकाभित्रका क्रमागत योजना, नयाँ योजनामा पनि पूर्वाधार निर्माणमा जोड दिइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*