नागरिक संवाद केन्द्रको कानूनका विद्यार्थीसँग हेटौंडामा अन्तरक्रिया
३१ असार,हेटौंडा। नागरिक संवाद केन्द्र हेटौंडाले कानून विषय अध्ययनरत विद्यार्थीहरुसँग अन्तरक्रिया गरेको छ । मंगलबार हेटौंडा स्थित नागरिक संवाद केन्द्रको पुस्तकालयमा विद्यार्थीसँग कानूनी साक्षरता गर्दै केन्द्रले अन्तरक्रिया गरेको हो ।
हेटौंडास्थित सिद्धार्थ माध्यामिक विद्यालयमा कानून संकायमा अध्ययनरत विद्यार्थीहरुसँग अंशवण्डा सम्बन्धी कानूनी व्यवस्थाको विषयमा सहजीकरण गर्दै अन्तरक्रिया गरिएको संवाद केन्द्रका प्रमुख अधिवक्ता रघुनाथ खरालले जानकारी दिए । कार्यक्रममा कानूनी संकायमा कक्षा ११ र १२ मा अध्ययनरत १० जना विद्यार्थी र केही नागरिकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।
























