धमाधम पक्की बन्दै हेटौंडाका कच्ची सडकहरु

३१ असार , हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा पछी थपिएका वडाका सडक पक्की बन्नेक्रम निकै बढेको छ । कच्ची रहेका गाउँका सडक स्लाब ढलान गर्ने क्रम पछील्लो समयमा निकै बढेको हो । हेटौंडाका पछी थपीएका वडामा सडक पक्की निर्माण गर्नका लागि उपमहानगरपालिकाले थप रकम विनियोजित समेत गरेको छ ।

यसैक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१२ आलदमारमा स्लाब ढलान सडकको उद्घाटन् गरिएको छ । उपमहानगरपालिकाका मेयर हरि बहादुर महतले स्लाब ढालनको उद्घाटन् गर्नुभयो ।

कार्यक्रममा बोल्दै मेयर महतले हेटौंडाका पछी थपीएकमा वडाहरुमा बिकास निर्माणलाई आफुहरुले प्राथमिकता दिएको वताउनुभयो । कुल १६ लाख लागतमा स्लाब ढलान गरिएको हो । एक सय ६२ मिटर लम्बाइ रहेको सडकमा ५ मिटर चौडाई रहेको मेयर महतले वताउनुभयो । कच्ची सडकलाई पक्की निर्माण गर्ने अभियाननै सञ्चालन गरिएको उहाँले वताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*