काठमाडौँ उपत्यकामा निषेधाज्ञा १० दिन थप

३१ असार , हेटौंडा । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा झनै खुकुलो गर्दै १० दिन थप भएको छ ।

बिहीबार काठमाडौं, भक्तपुर र ललितपुरका तीनै जिल्ला प्रशासनहरुको संयुक्त बैठकले दश दिन निषेधाज्ञा थप गर्दै प्रावधानलाई थप खुकुलो बनाउने निर्णय गरेको हो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले केही क्षेत्रमा थप खुकुलो गर्दै उपत्यकाको जारी निषेधाज्ञा  १० दिन थप्ने निर्णय गरेको जानकारी दिए।

अब काठमाडौँ उपत्यका प्रवेशका लागि सवारीसाधनका लागि जिल्ला प्रशासन कार्यालयको पास नचाहिने भएको छ । यसअघि प्रशासनको पास अनिवार्य गरिएको थियो ।

अत्यावश्यक काम विशेषले उपत्यका प्रवेश गर्ने सार्वजनिक तथा निजी सवारीसाधनलाई आवतजावत गर्न दिइने जिल्ला प्रशासन कार्यालय काठमाडौँद्वारा जारी आदेशमा उल्लेख  छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*