प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

श्रावण ०१ ,हेटौंडा । प्रधानमन्त्री शेरबहादुर देउवा आज (शुक्रबार) बुढानिलकण्ठबाट सरकारी निवास बालुवाटार सर्दैछन् ।

प्रधानमन्त्री देउवा बिहान पौने १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार सर्न लागेका देउवाको सचिवालयले जनाएको छ ।

असार २९ गते प्रधानमन्त्री नियुक्त भएपछि देउवा बुढानीलकण्ठस्थित आफ्नै निवासमा बसिरहेका थिए ।

निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बुधबार बालुवाटार छोडेर आफ्नै निजी निवास बालकोट गएपछि देउवा आज बालुवाटार सर्न लागेका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*