मकवानपुरमा ७ दिन थपियो निषेधाज्ञा
श्रावण १ ,हेटौँडा । मकवापुरमा श्राबण ७ गतेसम्म निषेधाज्ञा थप गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले आदेश जारी गर्दै श्राबण ७ गतेसम्म निषेधज्ञा थपिएको जानकारी दिएका हुन् ।
यो पटक थप गरिएको निषेधज्ञा थप खुकुलो भएको छ । यो पटक खाद्यन्न पसल सञ्चालनमा १ घण्टा थप गरिएको छ भने अन्य ब्यवसाय सञ्चालनमा २ घण्टा थप भएको छ । यस अघि बिहान ४ बजेबाट १० बजेसम्म सञ्चालन हुँदै आएको खाद्यन्न पसलहरु अब बिहान ११ बजेसम्म र बिहान ११ बजेबाट साँझ ६ बजेसम्म सञ्चालन गर्न पाईने भएको छ ।
























