प्रधानमन्त्री देउवा बालुवाटार प्रवेश गरे

साउन १ ,हेटौँडा । प्रधानमन्त्री शेरबहादुर देउवा बालुवाटारस्थित सरकारी निवासमा प्रवेश गरेका छन् । उनी शुक्रबार बिहान १० बजे बालुवाटारस्थित निवासमा सरेका हुन् ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए ।

देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*