शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छौ – ओली

साउन १ ,हेटौँडा ।नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई परमादेशबाट हटाइएपछि परिस्थिति जटिल बनेको बताएका छन्।
नेकपा एमालेका अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले जनादेशबाट प्राप्त सरकारलाई परमादेशबाट हटाइएपछि परिस्थिति जटिल बनेको बताएका छन्।

केहीबेर अघि बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकलाई संवोधन गर्दै उनले भने,‘ जनादेशबाट प्राप्त हाम्रो सरकारलाई परमादेशबाट हटाइएको छ। हामीले न्याय पाउने ठाउँबाट अन्याय पाएका छौँ।’

ओलीले अब आफूहरु शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत बताएका छन्।

उक्त बैठकमा नेपाल पक्षका नेताहरु सहभागी छैनन्।

बैठक रोक्न माग गर्न आएका नेताहरुले ओलीसँग समय नपाएको गुनासो गरेका छन्। ओली अहिले सम्बाेधन गर्न व्यस्त छन्।केहीबेर अघि बालकुमारीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा सुरु भएको आफू पक्षीय स्थायी कमिटी बैठकलाई संवोधन गर्दै उनले भने,‘ जनादेशबाट प्राप्त हाम्रो सरकारलाई परमादेशबाट हटाइएको छ। हामीले न्याय पाउने ठाउँबाट अन्याय पाएका छौँ।’

ओलीले अब आफूहरु शसक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत बताएका छन्।

उक्त बैठकमा नेपाल पक्षका नेताहरु सहभागी छैनन्।

बैठक रोक्न माग गर्न आएका नेताहरुले ओलीसँग समय नपाएको गुनासो गरेका छन्। ओली अहिले सम्बाेधन गर्न व्यस्त छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*