मकवानपुरमा कोरोनाबाट थप एकको मृत्यु

थप ५६ जनामा कोरोना पुष्टि

श्रावण ०१ , हेटौँडा । मकवानपुरमा कोरोना भाइरस संक्रमणको कारण थप एक जना संक्रमितको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बागमती गाउँपालिका वडा नंबर ५ का ७२ वर्षीय वृद्ध पुरुष रहेका छन् ।

वृद्धको आज बिहान उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । कार्यलयका अनुसार वृद्धमा असार २४ गते कोरोना पुष्टि भएको र असार २५ गते उपचारको हेटौंडा अस्पताल भर्ना गरिएको थियो ।

यो संगै बागमतीमा कोरोनाको कारण मृत्यु हुनेको संख्या ४ पुगेको छ भने जिल्लामा जिल्ला भित्रका मृत्यु हुनेको संख्या १ सय ३४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मकवानपुरमा थप ५६ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा २ सय ३२ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप ५६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।
यसैगरि कार्यलयकाल अनुुसार पछिल्लो २४ घण्टामा थप ६४ जना कोरोना संक्रमण मुक्त भएका छन् । जिल्लामा आजको दिनमा ६ सय ११ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय ४७ जना आफ्नै घरमा र ६४ जना संस्थागत आइसोलेसनमा ६४ जना उपचाररत रहेको कार्यलयले जनाएको छ ।

जिल्लामा हालसम्म १२ हजार ५ जनामा कोरोना पुष्टि भएकामा ११ हजार २ सय १६ जना संक्रमण मुक्त भइसकेको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*