प्रतिनिधिसभा बैठकका लागि सांसदहरूको कोरोना परीक्षण

साउन १ ,हेटौँडा । संघीय संसदको अधिवेशन आइतबारदेखि शुरु हुने भएपछि सांसदहरुले कोरोना परीक्षण गराएका छन् । साउन ३ गते बस्ने प्रतिनिधिसभा बैठकका लागि सांसदहरूले कोरोनाको एन्टिजेट परीक्षण गराएका हुन् ।

संघीय संसद् सचिवालयले बैठकमा उपस्थिति हुनेहरूका लागि कोरोनाको एन्टिजेन परीक्षणका लागि शुक्रबार संघीय संसद भवनमा आवश्यक व्यवस्था मिलाएको थियो ।

सचिवालयले सांसद्सँगै उनीहरूका स्वकीय सचिव, संसद् सचिवालयका कर्मचारी, मर्यादापालक र संसदीय पत्रकारहरूका लागि पनि परीक्षणको व्यवस्था गरेको छ ।

प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा, राष्ट्रियसभाकी उपाध्यक्ष शशीकला दाहाललगायत सत्तापक्ष र प्रतिपक्षका सांसदहरूले कोरोना परीक्षण गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*