हेटौडा उप महानगरपालिका १४ मा अनेरास्वीयुको सांगठनिक सुधार फोर्स गठन
२ श्रावण , हेटौँडा । मकवानपुरको हेटौडा उप महानगरपालिका १४ मा नेकपा एमाले को भातृ संगठनन अनेरास्वीयुको केन्द्रिय सदस्य अन्जन सापकोटाको उपस्थितीमा अनौपचारीक सांगठनिक सुधार फोर्स गठन गरिएको छ ।
५० सदस्यीय फोर्समा अहिले सर्वाेच्च अदालतले गरेको असंवैधानिक निर्णय र गैर दलिय प्रणलीले देशमा गैर राजनिती परम्पराको स्थापना हुने अनेरास्वीयु केन्द्रिय सदस्य अन्जन सापकोटाले जानकारी दिए ।
उक्त फोर्सले हेटौठा उपमहानगरपालीका १४ भरी स्थानिय ,प्रदेश र प्रतिनिधि सभाको आगामी चुनाव र संगाठनीक सुधार निर्माण, संगठन विकास र अबको स्थानिय चुनावमा युवा कार्यकर्ता लाई सहभागी गराउने विषयमा युवा माझमा अनेरास्वीयु केन्द्रिय सदस्यले आफ्नो धारण राख्नु भएको थियो ।
























