कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने

२ श्रावण , हेटौँडा । नेपाली कांग्रेस संसदीय दलको बैठक आइतबार बस्ने भएको छ । प्रतिनिधिसभा पुनर्स्थापनापछि पहिलो पटक दलको बैठक बस्न लागेको हो ।

आइतबार प्रतिनिधिसभा बैठक बस्नुअघि संसद भवन नयाँ बानेश्वरमा संसदीय दलको बैठक बोलाइएको कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले जानकारी दिइन् ।

सर्वोच्च अदातलको आदेशअनुसार सरकारले ३ साउनमा प्रतिनिधिसभा बैठक बोलाइसकेको छ । यसअघि प्रमुख प्रतिपक्षी दलको हैसियतमा रहेको कांग्रेस अब सत्तारुढ दलका रुपमा संसदमा भूमिका निर्वाह गर्नेछ ।

सर्वोच्चले प्रतिनिधिसभा विघटन बदर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिए अनुसार देउवा प्रधानमन्त्री नियुक्त भइसकेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*