प्रचण्ड र नेता नेपालबीच भेटवार्ता

२ श्रावण , हेटौँडा । नेकपा ( माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा ९एमाले०का वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ ।

शनिबार दिउँसो अध्यक्ष दाहाल नेता नेपाललाई भेट्न उहाँको निवास कोटेश्वर जानुभएको हो । उहाँहरूबीच पछिल्लो राजनीतिक अवस्था र सत्तारुढ गठबन्धनका आगामी चुनौतीलगायतका विषयमा छलफल भएको नेपालनिकट स्रोतले इमेजखबरलाई जानकारी दिएको छ ।

स्रोतका अनुसार भोलि प्रतिनिधिसभा बैठक बस्न लागेकाले कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको नयाँ सरकारको सन्दर्भमा पनि उहाँहरूबीच छलफल भएको छ ।

नेपालसँग केही दिनअघि प्रधानमन्त्री देउवाले पनि उहाँकै निवास गएर छलफल गर्नुभएको थियो । छलफलमा नेपालले प्रतिनिधिसभा बचाउन भए पनि सरकारलाई विश्वासको मत दिने आश्वासन दिनुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*