एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

२ श्रावण , हेटौँडा ।  नेकपा (एमाले) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

सोमबार दिउँसो ११ बजे ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बैठकका एजेण्डाको विषयामा छलफल गर्न आइतबार स्थायी कमिटीको बैठक बोलाइएको छ । बैठक बिहान ११ बजे च्यासलमै बस्ने उहाँले बताउनुभयो ।

आइतबारको स्थायी कमिटी बैठकका लागि माधव नेपाल पक्षका नेताहरूलाई पनि खबर पठाइएको छ । सोमबार बैठकका लागि भने आइतबार मात्र खबर गरिने उहाँको भनाइ छ । उहाँले आफूहरूले जेठ २ गतेपछिको केन्द्रीय कमिटी बैठक बोलाएको बताउनुभयो ।

शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा माधव नेपाल पक्षीय नेताहरू भने सहभागी थिएनन् । उनीहरूले बैठक रोकर सहमतिका साथ अघि बढ्न अध्यक्ष केपी शर्मा ओलीलाई आग्रह गरे पनि ओलीले बैठक नरोकी अघि बढेका थिए ।

आइतबारको बैठकमा नेपाल पक्षका नेताहरू आउनुपर्ने दायित्व र जिम्मेवारी भएकाले आउने सचिव तामाङको विश्वास छ । बैठकमा साउनमा तय गरिएको विधान अधिवेशनका विषयमा समेत छलफल हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*