मकवानपुरमा थप ५३ जनामा कोरोना पुष्टि

श्रावण ०२, हेटौंडा । मकवानपुरमा थप ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा जिल्लामा १ सय ७२ जनामा गरिएको पिसिआर र एन्टीजेन परीक्षणमा थप ५३ जनामा कोरोना देखिएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी २८ जना हेटौंडा उपमहानगरपालिका भित्रका रहेका छन् । यसैगरि थाहा नगरपालिका र मनहरी गाउँपालिका भित्रका ९र९ जना,मकवानपुरगढी गाउँपालिका भित्रका ५ जना तथा बकैया र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा हालसम्म कोरोना पुष्टि हुनेको संख्या १२ हजार ५८ पुगेको कार्यलयले जनाएके छ ।

कार्ययलका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा थप ६० जना संक्रमण मुक्त भएका छन् । यो संगै जिल्लामा कोरोन संक्रमण मुक्त हुनेको संख्या ११ हजार २ सय ७६ पुगेको छ ।

जिल्लामा आजको दिनमा ६ सय ४ जना सक्रिय संक्रमित उपचारत रहेका छन् । जसमा ५ सय ४० जना घरमा र ६४ जना संस्थागत आइसोलेसनमा उपचारत रहेका छन् ।

जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाको कारण कसैको पनि मृत्यु नभएको कार्यलयलले जनाएको छ । हालसम्म यहाँ कोरोनाको कारण १ सय ३४ जनाको मृत्यु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*