जसपाका १९ सांसदले सरकारलाई विश्वासको मत दिने
काठमाडौं । सत्ता समीकरणको खेलमा विभाजित भएको जनता समाजवादी पार्टीमा फेरि सांसद तानातानको खेल चलेको छ । यसअघि ओलीलाई समर्थन गर्न ठाकुर समूहमा गएका सांसदहरु यादव समूहमा फर्किइरहेका छन् ।
ओली सरकार मन्त्री बनेका सांसद नै अहिले यादव समूहतिर लागेर देउवालाई विश्वासको मत दिने भएका छन् । शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न सर्वोच्च अदालतमा रिट दायर गर्दा यादवको पक्षमा १२ सांसद मात्र रहेका थिए।
तर यादव पक्षको आइतबार बसेको संसदीय दलको बैठकमा प्रतिनिधि सभाका १९ सांसद उपस्थित भएका हुन्।
जसपाको यादव पक्षमा १९ सांसद पुगेका छन् । यसअघि ओली सरकारमा मन्त्री भएकी सांसद रेणुका गुरुङ पनि देउवालाई विश्वासको मत दिने पक्षमा उभिएकी छिन् ।

























