मकवानपुरमा एक वर्षमा २ हजार ३८३ केजी लागूऔषध गाँजा बरामद
हेटौंडा । मकवानपुर प्रहरीले एक वर्षको अवधिमा २ हजार ३ सय ८३ केजी गाँजा बरामद गरेको छ । मकवानपुर भएर भारत निकासी गर्न लागिएको गाँजा नियन्त्रणमा लिएको हो । गाँजा सहित धेरै सवारीका साधन पनि नियन्त्रणमा लियएको प्रहरीले जनाएको छ ।
यसैबिच मकवानपुरमा वितेको आर्थिक वर्षमा बिभीन्न प्रकारका लागूऔषधसहित एक सय ५१ जना पक्राउ परेका छन् । लागूऔषध ओसार पासरामा संलग्न एक सय ५१ जनालाई पक्राउ गरेर प्रहरीले अदालतमा मुद्धा चलाएको हो ।
प्रहरीको थुनुवा कक्षमा भएका अधिकांश व्यक्ति लागूऔषध ओसार पसारमा संलग्न रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक सोमेन्द्र सिंह राठोरले जानकारी दिनुभयो ।
बिभीन्न प्रकारका लागूऔषध ओसार पसार गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो । गाँजा र चरेश वनाएर भारत निकासी गर्ने र भारतबाट सिरीन्ज र ट्याबलेट जस्ता लागूऔषध ओसार्नेलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा अधिकांश पुरुष रहेका छन् । एक सय ४२ जना पुरुष लागूऔषध सहित पक्राउ परेको उहाँले वताउनुभयो । प्रहरीले आर्थिक वर्ष २०७७–०७८ को एक वर्ष अवधिमा सबै भन्दा धेरै असार महिनामा ३३ जनालाई लागूऔषध सहित पक्राउ गरेको उहाँले वताउनुभयो । तीन जना भारतियलाई समेत यो समयमा पक्राउ गरिएको छ ।
























