मकवानपुरमा थप ८४ जनामा कोरोना पुष्टि ,सक्रिय संक्रमितको संख्या ५ सय ७९

हेटौंडा । मकवानपुरमा थप ८४ जनामा कोरोना पुष्टि भएको छ । आजको दिनमा जिल्लामा  ५ सय ७९ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय २६ जना घरमा र ५३ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको स्वास्थ्य कार्यलय मकवानपुरे जनाएको छ ।

जिल्लामा पछिल्लो २४ घण्टामा २ सय ६६ जनामा पिसिआर र एन्टीजेन परीक्षण गर्दा थप ८४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ ।

पुष्टि हुनेहरुमा सबैभन्दा बढी ५३ जना हेटौंडा उपमहानपालिका भित्रका रहेका छन् । यसैगरि मनहरी गाउँपालिका भित्रका ११ जना,थाहा नगरपालिका भित्रका ७ जना,इन्द्रसरोबर गाउँपालिका भित्रका ६ जना,कैलाश गाउँपालिका भित्रका ३ जना,भीमफेदी गाउँपालिका भित्रका २ जना,मकवानपुरगढी र राक्सिराङ गाउँपालिका भित्रका एकएक जना रहेको कार्यलयले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार २ सय ३१ पुगेको कार्यलयले जाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टामा जिल्लामा थप १ सय ३ जनाले कोरोना जितका छन् । यो संगै जिल्लामा हालसम्म कोरोना जित्नेको संख्या ११ हजार ४ सय ७१ पुगेको छ । जिल्लामा हालसम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*