स्वास्थ्यका मापदण्ड अपनाउँदै इद मनाउन मुख्यमन्त्रि पौडेलको अनुरोध

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्रि डोरमणि पौडेलले इस्लाम धर्मावलम्बीको महान् पर्व इद उल अज्हाको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली मुसलमान समुदायमा शुभकामना व्यक्त गरेका छन् ।

उनले शुभकामना सन्देशमार्फत नेपाल एक बहुजातिय, बहुभाषिक, बहुधार्मिक एवम् बहुसाँस्कृतिक देश रहेको र विविधताभित्र पनि एकता, सहिष्णुता, सम्मान र परस्परमा रहेको भातृत्व भावनाले नै यो देशलाई जोडेको बताएका छन् ।

कोभिड–१९ को महामारीका कारण हाम्रा सामाजिक र सांस्कृतिक धरोहरका यस्ता पर्वहरू सबैले सँगै बसेर हर्षोल्लासका साथ मनाउन कठिनाइ भइरहेको उल्लेख गर्दै मुख्यमन्त्रि पौडेलले कोभिड–१९ को प्रभाव नपरोस् भनी स्वास्थ्यका मापदण्ड अपनाउँदै इद पर्वलाई सजगताका साथ मनाउन सबैमा अनुरोध गरेका छन् ।

मुख्यमन्त्रि पौडेलले सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र वेषभूषाको विविधता रहेको हाम्रो मुुलुकमा यो पर्वले एकता र सहकार्यको वातावारणलाई अझ मजबुत बनाउन सहयोग गरोस् भन्ने कामना गरेको बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*