नेपाल पक्षले गरायो स्पष्टीकरण फिर्ता लिन अध्यक्ष ओलीको ध्यानाकर्षण

काठमाडौँ – नेकपा एमालेको माधव नेपाल पक्षीय स्थायी समिति बैठकले अध्यक्ष केपी शर्मा ओलीले शेरबहादुर देउवालाई मतदान गर्ने २२ जना सांसदहरुलाई स्पष्टीकरण सोध्नु पार्टी एकताको मर्म विपरीत भएको निर्णय गरेको छ।

माधव नेपालसहित बसेको नेपाल पक्षीय बैठकले स्पष्टीकरणको कुनै अर्थ नभएको र तत्काल फिर्ता लिन ओलीको ध्यानाकर्षण गरेको छ।

बैठकपछि सञ्चारकर्मीहरुलाई यसबारे जानकारी दिँदै नेता रघुजी पन्तले स्पष्टीकरणको कुनै अर्थ नभएको जिकिर गर्दै स्पष्टीकरण फिर्ता लिन अध्यक्ष ओलीको ध्यानाकर्षण गराइएको बताए।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*