मकवानपुरमा थप ४६ जनामा कोरोना पुष्टि
हेटौंडा । मकवानपुरमा पछिल्लो २४ घण्टामा २ सय ३९ जनामा कोरोना परीक्षण गर्दा थप ४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा १ सय ३९ जनामा पिसिआर र ७० जनामा एन्टीजेन परीक्षण गर्दा क्रमशः ३० जना र १६ जना गरी ४६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यलय मकवानपुरले जनाएको छ । यो संगै जिल्लामा कोरोना पुष्टि हुनेको संख्या १२ हजार २ सय ७७ जना पुगेको कार्यलयले जनाएको छ ।
यसैगरि पछिल्लो २४ घण्टामा थप ६१ जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हालसम्म संक्रमण मुक्त हुनेको संख्या ११ हजार ५ सय ३२ पुगेको छ ।
जिल्लामा हाल ५ सय ६४ जना सक्रिय संक्रमित उपचाररत रहेका छन् । जसमा ५ सय १९ जना घरमा र ४५ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेका छन् । जिल्लामा हासम्म कोरोनाको कारण १ सय ३७ जनाको मृत्यु भएको छ ।
























