मुख्यमन्त्री पौडेलद्धारा पुष्पलालको शालिक अनावरण

हेटौंडा । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४३ औ स्मृति दिवसको अबसरमा आज हेटौंडाको पुष्पलाल पार्कमा स्थापना गरिएको पुस्पलाल श्रेष्ठको शालिक बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले अनावरण गरेका छन् ।

पुष्पलाल पार्कमा रहेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको शालिक मुख्यमन्त्री पौडेलले अनावरण गरेका हुन् ।

सालिक अनावरण पश्चात् नेकपा एमाले मकवानपुरको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री पौडेलले पुष्पलालका शिद्धान्तलाई आत्मसाथ गर्न आग्रह गरेका छन् । पुष्पलालको दर्शन र सिद्धान्तमा नै नेकपा एमाले अहिलेको स्थानमा आइपुगेकाले पछिल्लो घटनाक्रम देख्दा आफुलाई दुख लागेको पौडेलले बताए ।

नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा एमालेका बागमती प्रदेशका संगठन विभागका प्रमुख अनन्त पौडेल, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा माओबादी मकवानपुरका नेता कमानसिह पाख्रिन, राप्रपा मकवानपुरका अध्यक्ष गुरुप्रसाद सापकोटा लगायतकाले मन्तव्य व्यक्त गरेको थिए ।

१५ असार १९८१ मा रामेछापको भँगेरीमा जन्मिएका श्रेष्ठको ७ साउन २०३५मा भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

पुष्पलालले जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ १० वैशाख २००६ मा नेकपा स्थापना गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*