आज पनि बस्दै एमालेको केन्द्रीय कमिटी बैठक, बिभिन्न कार्यसूची तय

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । ललितपुरको च्यासलमा रहेको तुल्सीलाल स्मृति प्रतिष्ठानमा चार गतेदेखि सुरू भएको १० औँ केन्द्रीय कमिटी बैठक निरन्तर जारी रहेको छ ।

बैठकमा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको निवर्तमान सरकारका उपलब्धि, सर्वोच्च अदालतको असार २८ गतेको फैसला, पार्टीको आगामी कार्ययोजना, पार्टीको सुदृढीकरण तथा शुद्धीकरण अभियानलगायत विषय कार्यसूचीमा रहेका छन् ।

हिजोको तेस्रो दिनको बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले असन्तुष्ट पक्षलाई एकतामा आउन आग्रह गर्नुभएको छ । उहाँले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै आन्तरिक एकताका लागि अन्तिम समयसम्म प्रयास आफू तत्पर रहेको बताउनुभयो ।

पार्टी नीतिविपरीत नेपाली काँग्रेसका सभापति देउवालाई प्रधानमन्त्रीमा विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसद्लाई स्पष्टीकरण सोधेको एमालेले त्यसबारे जवाफ आएपछि निर्णय गर्ने एमालेका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*