बाटो बिराएका र भड्किएकालाई आम माफी ओलीको दिने घोषणा
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल समूहलार्ई आममाफी दिने घोषणा गर्नुभएको छ ।
पुष्पलाल स्मृति दिवको अवसरमा बिहीबार च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको कार्यक्रममा एमाले अध्यक्ष ओलीले बाटो बिराएका र भड्किएकाहरूलाई आम माफी दिने घोषणा गनुभएको हो ।
‘बाटो बिराएका भड्किएका साथीहरुलाई पनि आग्रह गर्न चाहन्छु, यस पार्टी र आन्दोलनको एकताका लागि पुष्पलाललाई सम्झिएर भन्न चाहन्छु, सबैलाई एम्नेष्टी इज ग्रान्टेड,’ उहाँले भन्नुभयो, ‘जे सुकै भएको होस्, एम्नेष्टी । आउनुस् मिलेर काम गरौं ।’
























